Comments Add Comment

कांग्रेसलाई जनार्दन शर्माको चेतावनी : पानीमाथिको ओभानो बन्न पाइँदैन

Photo Credit : अनलाइनखबर फाइल

२३ जेठ, काठमाडौं । नेकपाका नेता जनार्दन शर्माले गल्तीहरु दोषारोपण गरेर पानीमाथिको ओभानो नबन्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् ।

बजेटबारे छलफलका क्रममा प्रतिनिधसभामा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले माओवादीको हिंसात्मक द्वन्द्वका कारण नेपाली युवाहरु विदेश जान बाध्य भएको बताएपछि नेता शर्माले गल्तीहरु दोषारोपण गरेर पानीमाथिको ओभानो भएर सुख नपाइने भन्दै सबै जसअपजसको सामुहिक जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

उनले संविधान निर्माणलगायत उपलब्धिको श्रेय मात्रै नलिएर सबै कमिकमजोरीको सबैले सामुहिक जिम्मेवारी लिनुपर्ने बताए ।

उनले सत्तामा बसेर निरन्तर नेतृत्व लिएकाहरुले राम्रा कामका जस मात्रै नभइ गल्तीहरुको पनि जिम्मेवारी लिनुपर्ने बताए । ‘जनयुद्ध गरेर यो देशको परिर्वतन गर्ने एउटा कमाण्डर म पनि हुँ । त्यसकारण म पूर्ण रुपमा जिम्मा लिन चाहन्छु । त्यसले दिएको उपलब्धी, परिर्वतका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज विर्सन मिल्छ ?, नेता शर्माले प्रश्न गर्दै भने, ‘त्यसकारण गल्तीहरु पनि सामुहिक रुपमा लिऊँ ।’

सांसद भुसालले २०४८ साल देखिको मुलुकको आर्थिक अवस्थाको फेयरिस्त प्रस्तुत गर्ने क्रममा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धले युवाहरु विदेश जान बाध्य भएको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment