Comments Add Comment

चाइनिज ताइपेसँग खेल्ने नेपालका यी हुन् प्लेइङ इलाभेन

२३ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चाइनिज ताइपेसँग खेल्ने नेपाली फुटबल टिमको प्लेइङ इलाभेन सार्वजनिक भएको छ ।

नेपालले केही बेरमा चाइनिज ताइपेसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ । नेपाल चाइनिज चाइपेलाई उसैको भूमिमा पराजित गर्ने लक्ष्यमा छ । यता, चाइनिज ताइपे भने नेपाललाई सहजै हराउने दाउँमा छ ।

यसअघि नेपालले मलेसियासँग उसैको भूमिमा खेलेको मैत्रीपूर्ण खेलमा २-० गोलअन्तरले पराजित भएको थियो ।

पूराना खेलाडीलाई बेन्चमै राख्दै नयाँ खेलाडीलाई प्रशिक्षक योहान कालिनले प्राथमिकता दिएका छन् । नियमित कप्तान विराज महर्जन, नवयुग श्रेष्ठ लगायतका पूराना खेलाडी बेन्चै छन् ।

४-५-१ को फर्मेसनमा चाइनिज ताइपेविरुद्ध नेपाल मैदानमा उत्रिदैछ । नेपालको स्ट्राइकर लाइन युवा खेलाडी अभिषेक रिजालले सम्हाल्ने छन् । उनले जुन २ मा मलेसियाविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान)

डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी

मिडफिल्डर : विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रवि पासवान

फरवार्ड : अभिषेक रिजाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment