२३ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चाइनिज ताइपेविरुद्ध नेपालले गोल फर्काएको छ ।
नेपालले चाइनिज ताइपेविरुद्ध दोस्रो हाफमा गोल फर्काएको हो । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमा अभिषेकले हेडर गोल गर्दै नेपाललाई १-१ गोलको बराबरी दिलाएका हुन् । अभिषेकले खेलको ६९औं मिनेटमा गोल गरेका हुन् ।
युवा खेलाडी अभिषेक आजको खेलमा पहिलो रोजाइमा परेका हुन् । मलेसियाविरुद्धको खेलमा डेब्यु गरेका अभिषेकको यो दोस्रो खेल हो ।
यसअघि पहिलो हाफमा नेपाललले गोल खाएको थियो ।