Comments Add Comment

बलात्कारी बाबुलाई १९ बर्ष कैदको फैसला

२३ जेठ, हेटौंडा । नाबालिका छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवापुरले एक युवकलाई १९ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल

इजलाशले हेटौंडा उपमहानगरपालिका-१२ का ३७ वर्षीय युवकलाई १९ बर्ष कैद गर्ने सजाय सुनाएको हो । त्यस्तै पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ ।

अदालतले नाबालिकालाई बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनातामा करणी गरेकोमा १० वर्षसहित १९ वर्ष कैदको फैसला गरेको हो । १३ वर्षीया बालिकालाई बावुले पटक पटक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उक्त घटना बालिकाले छिमेकी महिलालाई भनेपछि उक्त अपराध सार्वजनिक भएको हो । पीडित बालिका र छिमेकीहरुले पुस २२ गते मुद्दा दायर गरेका थिए भने प्रहरीले पुस २३ गते बावुलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत मकवानपुरले अभियुक्तलाई माघको दोस्रो सातामा पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो । नाबालिकाको आमाले दोस्रो विवाह गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment