Comments Add Comment

चितुवाको छाला र दाँत सहित युवक पक्राउ

२३ जेठ, वीरगञ्ज । बाराको जीतपुरबाट चितुवाको छाला तथा दाँत सहित एक युवक पक्राउ परेका छन् । मकवानपुरको बकैया गाउँपालिका २ तीनकुने बस्ने ३२ वर्षका सोमबहादुर गोले पक्राउ परेका हुन् ।

गोलेको साथबाट लोपोन्मुख जंगली जनावर चितुवाको रौंसहितको सुकेको छाला र ४ वटा दाँत फेला पारेको दावी प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले उनलाई जितपुरसिमरा उपमहानगपालिका ७ जितपुर बजार चोकबाट बुधबार पक्राउ गरेको थियो ।

गोलेलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय सिमरा बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment