Comments Add Comment

नवलपुरमा विवाहित युवतीमाथि बलात्कार प्रयास, अभियुक्त फरार

२३ जेठ, नवलपुर । जिल्लाको मध्यविन्दु नगरपालिका–८, रानिटारमा विवाहित युवतीमाथि बलात्कार प्रयास भएको छ ।

खेतमा काम गर्न गएका वेला १८ वर्षीया युवतीमाथि बलात्कारको प्रयास भएको प्रहरीमा उजुरी परेको हो । प्रहरी कहाँ उजुरी परेलगत्तै आरोपी ३८ वर्षीय राजु पाण्डे फरार छन् ।

जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका प्रमुख एसपी रमेश थापाले बुधबार पीडतले किटानी जाहेरी दिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले अभियुक्तको खोजीलाई व्यापक बनाएका छौं ।’

पीडिक युवतीले आफू भागेर बलात्कृत हुनबाट जोगिएको बताएकी छन् । स्थानीय जनप्रतिनिधि र बुद्धिजीविले घटनालाई गाउँमै मिलाउन दवाव दिएको पनि पीडितको दाबी छ ।

आरोपित पाण्डे स्थानीय खानेपानी संस्थाका अध्यक्ष समेत रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment