Comments Add Comment

पल शाह म्युजिक भिडियोमै मस्त

१४ महिनाको विश्रामपछि पल शाह अभिनित चलचित्र ‘वीर विक्रम २’ प्रदर्शनमा आएको आयो तर, यस चलचित्रबाट पलले सफलता पाएनन् । चलचित्रले आशा गरेअनुसार व्यापार पनि गर्न सकेन । निर्माण युनिटको अपेक्षा अनुसारको प्रतिकि्रया पनि चलचित्र पाएन ।

पल शाह म्युजिक भिडियो हुदैँ चलचित्रमा प्रवेश गरेका नायक हुन् । म्युजिक भिडियो उनको करिअरको आधारभूत तह हो । त्यसैले पनि होला, पल दैनिकजसो म्युजिक भिडियोको काममा हुन्छन् । चलचित्रको छायांकन भएन भने उनी म्युजिक भिडियोमा काम गर्न थालिहाल्छन् ।

अहिले पलले नयाँ चलचित्र ‘ह्दय भरी’को छायांकन गरिरहेका छन् । तर, केही दिनको लागि सुटिङमा ब्रेक छ भने उनी म्युजिक भिडियो गर्न तिर लाग्छन् । दैनिक उनी फरक फरक भूमिकामा आफूलाई भिडियोमा प्रस्तुत गर्न खोजिरहेका हुन्छन् ।

यस्तैमा पललाई प्रश्न गरियो, ‘एक दिन एउटा क्यारेक्टर, अर्को दिन अर्कै क्यारेक्टर । यसरी काम गर्न कत्तिको गाह्रो छ?’ यसमा पलले उत्तर फर्काए, ‘आजकाल सुटिङ भएन भने गाह्रो हुन्छ । सुटिङ हुदाँ त केही गाह्रो हुन्न ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment