Comments Add Comment

सन्यास फिर्ता लिएर विश्वकप खेल्न चाहन्थे एबी डिबिलियर्स

काठमाडौं । एबी डिबिलियर्सले अन्तराष्ट्रिय सन्यास फिर्ता लिँदै विश्वकप खेल्ने इच्छा देखाएका छन् ।

तर विश्वकपका लागि टिम घोषणाको अन्तिम क्षणमा आएको डिभिलियर्सको प्रस्तावलाई दक्षिण अफ्रिकी टिमको व्यवस्थापनले अस्वीकार गरेको छ ।

यसो गर्नु डिभिलियर्सले सन्यास लिएपछि टिममा रहेकाहरुका लागि अन्याय हुने व्यवस्थापनको मत छ । डिभिलियर्सले अप्रिलमा दक्षिण अफ्रिकाको अन्तिम टिम घोषणा अघि सन्यास फिर्ता लिने प्रस्ताव राखेको क्रिकइन्फोले जनाएको छ ।

यसबारे सोधिएको प्रश्नमा डिभिलियर्सले केही प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । आफू विश्वकपमा दक्षिण अफ्रिकालाई समर्थन गर्न केन्द्रित रहेको भन्दै ट्वीट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment