Comments Add Comment

नेसन्स लिग फुटबल : इंग्ल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड्स फाइनलमा

उपाधिका लागि पोर्चुगल र नेदरल्यान्ड्स भिड्ने

२४ जेठ, काठमाडौं । नेदरल्यान्ड्स इंग्ल्यान्डलाई पराजित गर्दै नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले अब उपाधिका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार राति भएको खेलमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयसम्म दुवैै टिमले १–१ गोलको बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा नेदरल्यान्ड्सले थप दुई गोल गर्न सफल भयो ।

३२ औ मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्ममा १–० गोलको अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा भने गोल खान पुग्यो । म्याथिज डि लिटले ७३ औ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

निर्धारित समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । खेलको ९७ औ मिनेटमा वाल्करले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्सले २–१ गोलको अग्रता बनाएको थियो । एक सय १४ औं मिनेटमा नेदरल्यान्ड्सका लागि प्रोमिसले गोल गर्दै ३–१ गोलको जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment