Comments Add Comment

राजकुमार हिरानीको फिल्ममा साहरुख ?

चलचित्र ‘जिरो’को असफल भएपछि नायक साहरुख खानले कुनै पनि चलचित्रको घोषणा गरेका छैनन् । तर, अब भने साहरुखले नयाँ चलचित्रमा काम गर्ने मुड बनाएका छन् । आफ्नो नयाँ चलचित्रको निर्देशनका लागि साहरुखले निर्देशक राजकुरमार हिरानीलाई रोजेको खबर चर्चामा छ । साहरुख र राजकुमारबीच भेटवार्ता पनि भइसकेको छ । उनीहरु एक(अर्कासँग काम गर्न एकदमै उत्साहित छन् । तर, उनीहरुको कागजी सम्झौता भने भएको छैन् ।

लभ स्टोरी जनरमा निर्माण हुने यो चलचित्रमा भावुकतालाई पनि देखाइने छ । यो प्रकारको चलचित्र हिरानीको ‘सिग्नेचर’ चलचित्र नै हुन् । साहरुखसँग पनि हिरानी यस्तै चलचित्रमा सहकार्य गर्दैछन् । अर्को रमाइलो पक्ष त राजकुरमार हिरानीले निर्देशन गर्ने यो चलचित्रमा विधु विनोद चोपडाको लगानी रहने छैन । हिरानीको जुनै चलचित्रमा लगानी गर्ने विधु विनोदले यस चलचित्रमा भने लगानी गर्न पाउने छैनन् । यो चलचित्रमा शाहरुख खान र राजकुमार हिरानीकै संयुक्त लगानी रहने छ ।

दुईबीच लिखित सम्झौता भएसँगै चलचित्रको प्रि प्रोडक्सनको काम सुरु गरिने बुझिएको छ । साहरुख र राजकुमार दुबै सम्झौतालाई कुरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment