Comments Add Comment

जापानको नागोयामा पहिलोपटक नेपाल फेष्टिबल, तयारी पूरा

जापान । नेपालीहरूको बाक्लो बसोबास भएको जापानको नागोयामा प्रथम पटक गर्न लागिएको नेपाल फेष्टिबल २०१९ को तयारी पूरा भएको आयोजकले बताएको छ । भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा गर्न लागिएको फेष्टिबलले नेपाल र जापानको सम्बन्ध थप प्रगाढ बन्नुका साथै भ्रमण वर्षलाई पनि टेवा पुग्ने आयोजकको दावी छ ।

फेष्टिवल यही जून १५ र १६ मा साकायस्थित हिसाय दोहोरी पार्कमा हुनेछ ।

नेपाली कला संस्कृति, नेपालमा हुने परम्परागत झाँकीहरू, नेपाली पञ्चे बाजाका साथै नेपाली नेपाली रहनसहन, खाना, गीत संगीत फेष्टिबलका मुख्य आकर्षण हुन् ।

जापानीमाझ नेपाललाई चिनाउँदै २०२० को भिजिट नेपालमा जापानीज नागरिकलाई निमन्त्रणा गर्नु महोत्सबको मुख्य लक्ष्य रहेको संयोजक पारसमणि पोखरेल बताउँछन् ।

फेष्टिबल नेपाली दूतावास अनि एनआरएनएन नागोया क्षेत्रको सयुक्त आयोजनामा हुँदै छ भने नागोयामा क्रियाशील सम्पूर्ण संघसस्था सहआयोजक रहेका छन् । इभेन्ट पार्टनर नेपाल एअरलाइन्स रहेको फेष्टिबलमा बिभिन्न संघसस्था तथा नेपालीहरुको प्रायोजन रहेको छ ।

कार्यक्रम संयोजक पोखरेलका अनुसार यही जुन १५ तारिक जापानका लागि नेपाली राजदूतबाट फेष्टिवल उद्घाटन हुने छ । फेष्टिबलमा आइची पि्रफेक्चरका गभर्नर, नागोयाका उपमेयर, ओबु सिटीका मेयर, जापानका सांसदहरू लगायत जापानका उच्च अधिकारीहरुको विशिष्ट अतिथिका रुपमा हुने छन् ।

यसैगरी एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, अमेरिका संयोजक गौरीराज जोशी लगाएतका पदाधिकारीहरुको पनि भेष्टिबलमा उपस्थिति हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment