Comments Add Comment

सरकार भ्रष्टाचारको चंगुलमा फस्योः कोइराला

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकार भ्रष्टाचारको चंगुलमा फसेको बताएका छन् ।

नवलपुरको सदरमुकाम कावासोतीमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले वाइडबडीदेखि बालुवाटार जग्गा प्रकरणसम्म भ्रष्टाचार भएको दाबी गरे । नेकपाका नेताहरुले हाम्रो जस्तो राम्रो सरकार कहिल्यै थिएन भन्ने गरेको भए पनि यति नराम्रो सरकार आफूले कहिल्यै नदेखेको उनले बताए ।

उनले भने, ‘अब हाम्रो दिन आउँदैछ । अब पनि तपाईहरुले राम्रो काम गर्नु भएन भने हामी प्रतिपक्षमा मुख हेरेर मात्र बस्दैनौं । सडन र सडक दुबै ठाउँबाट विरोध गर्न तयार छौं ।’

सरकारले संविधान विरोधी विधेयक र संघीयता विरोधी बजेट ल्याएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment