Comments Add Comment

जुसको बट्टामा लागूऔषध तस्करी, युवक पक्राउ

२६ जेठ, वीरगञ्ज । तस्करले प्रहरीको आँखा छल्न जुसको बट्टामा लागु औषध ओसारपसार गर्न थालेको पाइएको छ । शनिबार राति सशस्त्र प्रहरीले वीरगञ्ज १६ स्थित वीरगञ्ज भन्सारको मुल गेटबाट जुसको बोतलमा कोरेक्स फेला पारेपछि यो तथ्य बाहिर आएको हो ।

मकवानपुर हेटौंडा उपमहानगरपालिका १ बस्ने २६ बर्षका सुशील अर्याललाई सशस्त्र प्रहरीले जुसको बट्टामा कोरेक्स राखेर भारतबाट ल्याउँदै गर्दा पक्राउ गरेको थियो । उनले जुसको ६ वटा ठूलो बोतलमा कोरेक्स राखेर ल्याएका थिए ।

चेकजाँचमा कडाइ गरेपछि सुरक्षाकर्मीको आँखा छल्नका लागि नयाँ नयाँ तरिकाबाट लागु औषधको तस्करी गर्ने गरेको पाइएको सशस्त्र प्रहरी बल भन्सार सुरक्षा नं १४ गुल्म राजश्व तथा भन्सार गस्ती सुरक्षाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तिलकबहादुर खड्का बताउँछन् ।

‘पहिलो पटक जुसको बट्टामा लागु औषध फेला पर्‍यो । यसअघि कालो प्लाष्टिकभित्र तेलको प्याकेट राखेर त्यसभित्र पनि लागु औषध राखेको भेटिएको थियो’ उनले भने ।

पक्राउ परेका अर्याललाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका १६ नगवा बस्नेसोहन साहलाई अवैध चाँदी सहित पक्राउ गरेको छ । शरीरमा सेट गरी भारतबाट लुकाइछिपाई १ किलो चाँदी ल्याउँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

उनलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment