Comments Add Comment

भारतीय क्रिकेटर युवराजले लिए सन्यास

२७ जेठ,  काठमाडाैं । भारतीय क्रिकेट खेलाडी युवराज सिंहले क्रिकेट करिअरबाट सन्यासको घोषणा गरेका छन् ।

युवराज सिंहले नयाँ दिल्लीमा कार्यक्रम गर्दै सन्यासको घोषणा गरेका हुन् । सन् २०११ को विश्वकप भारतले जित्दा प्लेयर अफ द टुर्नामेन्ट घोाषित भएका युवराज पछिल्लो समयमा टिम बाहिर थिए । विश्वकप २०१९ खेलेर सन्यास लिने तयारीमा रहेको युवराज टिममा परेका थिएनन् ।

सन् २०१७ मा इंग्ल्यान्डविरुद्ध उनले लाष्ट टी-२० क्रिकेट खेल खेलेका थिए । त्यसयता उनी टिममा पर्न असफल हुँदै आएका थिए । उनले भारतीय टिमबाट ३०४ एकदिवसीय खेलमा ८ हजार ७०१ रन बनाएका छन् ।

युवराजले आफ्नो एकदिवसीय करिअरमा १४ शतक र ५२ अर्शतक बनाएका छन् । त्यस्तै, ५८ टी-२० क्रिकेट खेलमा एक हजार १७७ रन बनाउँदा ८ अर्धशतक बनाएका छन् । यता, टेष्ट क्रिकेटमा युवराजले ४० खेलबाट एक हजार ९०० रन बनाउँदा तीन शतक र ११ अर्धशतक बनाएका छन् ।

युवराज त्यस्ता खेलाडी हुन् जसले क्यान्सर जस्तो रोगलाई पनि जित्दै आफ्नो क्रिकेट करिअरमा फर्किन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment