Comments Add Comment

पानी परेपछि वेष्ट इन्डिज र दक्षिण अफ्रिकाको खेल रोकियो

२७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल सुरु भएको केही बेरमै पानी परेपछि रोकिएको छ ।

इंग्ल्यान्डको साउथहृयाम्पटनमा टस हारेर पहिले ब्याटिङ गरिरहेको अवस्थामा पानी परेको हो । अहिले पानी परिरहेको छ । सुरुवातमै खराब प्रर्दशन गरेको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २९ रन हुँदा महत्वपूर्ण दुई विकेट गुमाइसकेको छ ।

२.५ ओभरमा ११ रन हुदा दक्षिण अफ्रिकाले पहिलो विकेटको रुपमा हसिम अमलालाई ६ रनमा गुमाएको थियो । त्यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ऐडन मारक्रम पनि ६.१ ओभरमा २८ रन हुदा व्यक्तिगत ५ रनमा आउट भएपछि दक्षिण अफ्रिका दबाबमा आएको छ ।

दक्षिण अफ्रिकाको क्रिजमा ओपरन ब्याट्सम्यान डि कक र कप्तान फाफ डु प्लेसिस छन् । पानी रोकिएपछि पुनः खेल सञ्चालन हुनेछ । आजको खेलमा दक्षिण अफ्रिकालाई जित्नै पर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment