Comments Add Comment

हो, डिभिलियर्सले मलाई फोन गरेका थिए : प्रशिक्षक गिब्सन

काठमाडौं । सन्यास लिइसकेका दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले जारी विश्वकप क्रिकेटमा खेल्ने इच्छा ब्यक्त गरेको कुरा अहिले भाइरल भइरहेको छ । यो समाचार त्यतिबेला बाहिर आयो, जतिबेला दक्षिण अफ्रिकाले विश्वकपमा लगातार तीन खेलमा हार ब्यहोर्‍यो ।

पूर्वकप्तान डिभिलियर्सले विश्वकप क्रिकेटमा खेल्ने इच्छा टिम घोषणा हुनुभन्दा अघि नै फोन गरेर आफूलाई भनेको मुख्य प्रशिक्षक ओटिस गिप्सनले खुलासा गरेका छन् । उनले भनेका छन्, ‘साँचो भन्नु पर्दा डिभिलियर्सले मलाई फोन गरेका थिए । यो टिम घोषणा हुने दिनको बिहान थियो । त्यो दिन डिभिलियर्सले स्पष्ट भनेका थिए कि म विश्वकपको लागि फर्किन चाहन्छु ।’

मुख्य प्रशिक्षक गिब्सन आफूलाई पूर्वकप्तान डिभिलियर्सको निर्णयले आश्चर्यचकित बनाएको बताउँछन् ।

उनले भने, ‘रोचक कुरा यो छ कि डिभिलियर्सले सन्यास लिएपछि हामीले आफ्नो हरेक सिरिज जितेका छौं र कसैले उनीबारे कुरा गरेनन् । तर विश्वकपमा आएपछि अचानक टिमले खराब प्रदर्शन गर्‍यो र उता डिभिलियर्सको कुरा उठ्यो ।’

क्रिकेटका ‘३६० डिग्री म्यान’ भनेर चिनिने डिभिलियर्सको एक्कासी सन्यास घोषणाले क्रिकेट जगत तरंगित बनेको थियो । तर फेरि उनी विश्वकपका लागि टिममा फर्किने प्रस्ताव राखेसँगै क्रिकेट जगत तरंगित भएको छ ।

मुख्य प्रशिक्षक भन्छन्, ‘मेरो शंका यो छ कि डिभिलियर्स आफै विश्वकप खेल्न भन्दा पनि टिमकै धेरै खेलाडी उनलाई यहाँ देख्न चाहन्छन् । मलाई विश्वास यो छ कि यदि उनी आफै चाहन्छन् भने उनी यहाँ हुनेछन् । तर यो समय उनी जहाँ छन् त्यही रहिरहोस् उनी जे गर्न चाहन्थे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment