Comments Add Comment

सम्पत्ति घोषणा गर्न इमरानले दिए ३० जुनको समयसीमा

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशबासीलाई ३० जुनसम्म आफ्नो सम्पत्ति घोषणा गर्न आह्वान गरेका छन् ।

सोमबार देशबासीलाई सम्बोधन गर्दै उनले पाकिस्तानलाई सही दिशमा ल्याउन र गरिबको जीवन सुधारमा ल्याउन आफ्नो जिम्मेवारी निभाउन आग्रह गरे ।

उनले ३० जुनसम्म आफ्नो सम्पत्ति घोषणा गर्न आग्रह गरेका छन् । यो अवधिमा आफ्नो बेनामी सम्पत्ति, बैंक अकाउन्ट र विदेशमा राखेको सम्पत्ति सार्वजनिक गर्नु पर्नेछ । त्यसपछि यो मौका नपाइने उनले बताए ।

प्रधानमन्त्री खानले भने, ‘पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्बबाट ३० हजार अर्ब पुगेको छ । हामी हरेक वर्ष चार हजार अर्ब कर जम्मा गर्छौं र त्यसको आधा ऋणको किस्ता तिर्न खर्च गर्छौं । बाँकी रकमले हाम्रो दशको खर्च चल्दैन ।’

पाकिस्तानमा सबैभन्दा कम कर तिर्ने र धेरै खतरा भएको खुलुक रहेको भन्दै उनले सबै नागरिक तयार हुने हो भने बर्षमा १० हजार खर्ब रकम जम्मा गर्न सकिने बताए ।

प्रधानमन्त्री इमरानले स्वयंम सम्पत्ति घोषणा अभियानमा सहभागी हुन सबैलाई अपील गरेका छन् । उनले भने, ‘तपाईसँग ३० जुनसम्मको समय छ कि बेनामी सम्पत्ति सार्वजनिक गर्नुस् । हाम्रो सरकारसँग त्यो सूचना छ, जुन यसअघिको सरकारसँग थिएन । विदेशमा पाकिस्तानीहरुको सम्पत्ति र बैंक एकाउन्टको सूचना पनि मसँग छ ।’

पाकिस्तान सरकार आर्थिक संकटसँग जुधिरहेको छ र मंथलबार तीन ट्रिलियन घाटाको बजेट पेश हुने अनुमान छ । यो घाटा गतवर्ष १.८ ट्रिलियन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment