Comments Add Comment

एन्फा सल्लाहकार समितिका प्रमुखले दिए राजीनामा

२७ जेठ, काठमाडौं । अखिल नेपाल फुटवल संघ (एन्फा) का अन्तराष्ट्रिय सम्बन्ध प्रमुख तथा सल्लाहकार समितिका प्रमुख नवीन पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

पाण्डेले सोमबार महासचिव र कार्यकारी समितिलाई सम्बोधन गरिएको विज्ञप्तिमार्फत राजिनामा दिएको घोषणा गरेका हुन् । आफू पदमा नभए पनि नेपाली फुटबलमा निरन्तर साथ दिइरहने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पदमा आएको एक वर्षमा पनि चाहे जस्तो काम नभएपछि आफूले पदबाट राजीनामा दिएको पाण्डेले बताए । अनलाइनखबरसँग उनले भने, ‘नेपाली फुटवल केही गर्ने उद्धेश्यले आएको थिएँ त्यो पुरा हुन सक्ने नदेखेपछि राजिनामा दिएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment