Comments Add Comment

वर्षाले बिथोल्यो दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल

काठमाडौं । विश्वकप क्रिकेटमा अर्को खेल पनि वर्षाले विथोलेको छ । सोमबार दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल वर्षाका कारण रद्ध भएको हो ।

साउथ ह्याम्पटनामा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २ विकेट गुमाउर २९ रन बनाउँदा पानीले खेल रोकियो । लगातार पानी परिरहेपछि दुबैले अंक बाँडेका छन् ।

दक्षिण अफ्रिकाले लगातार तीन खेल गुमाएको थियो । वर्षाले खेल विथोलिएपछि उसले खाता खोलेको छ ।

वेष्टइण्डिज भने ३ खेलबाट ३ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ भने दक्षिण अफ्रिका नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment