Comments Add Comment

सूचनाको हक कार्यान्वयनमा प्रतिबद्ध छौंः थापा

२७ जेठ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सूचना प्रवाहलाई सुनिश्चित गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार नेपाली सेनाको जंगी अड्डामा भएको सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सेना कटिबद्ध रहेको बताएका हुन् ।

‘सूचनाको हक आमनागरिकको मौलिक हक भएको तथ्यलाई मनन् गर्दै सूचनाको संवेदनशिलतालाई समेत मध्यनजर गरी सूचना पहुँचको सहज कार्यान्वयन गर्न सेना प्रतिबद्ध छ’, सेनाका महारथी थापाले भने, ‘राष्ट्रिय सूचना आयोगबाट प्राप्त सुझावलाई आत्मसाथ गर्न पनि हामी प्रतिबद्ध छौं ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले संविधानको धारा २७ अनुसार प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक भएकाले नेपाली सेनासँग माग हुने सूचना निर्वाधरुपमा प्रवाह गर्न नेपाली सेना प्रतिबद्ध रहनुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा नेपाली सेनाद्वारा राष्ट्रिय सूचना आयोगसँगको समन्वयमा सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ को व्यवस्था र त्यसको कार्यान्वयनको अवस्थालगायत विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा रक्षा सचिव रेश्मीराज पाण्डेसहित सैनिक उच्च अधिकृतहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment