Comments Add Comment

स्वीडेनमाथि स्पेनको सहज जित

२८ जेठ, काठमाडौं । स्पेनले युरोकप छनोट फुटबलमा स्विडेनलाई सहज रुपमा पराजित गरेको छ ।

सोमबार राति युरोकपअन्तर्गत समूह एफको खेलमा स्पेनले स्वीडेनलाई ३–० गोलअन्तरले पराजित गरेको हो । स्पेनको जितमा कप्तन सर्जियो रामोस, अल्भारो मरोटा र मिकेल ओयारजबलले गोल गरे ।

पहिलो हाफसम्म भने स्पेनलाई स्वीडेनले गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा स्पेनले तीन गोल गर्न सफल भयो । खेलको ६४औं मिनेटमा स्पेनले पेनाल्टी पायो । पेनाल्टीबाट गोल गर्दै रामोसले स्पेनलाई १–० गोलको अग्रता दिलाए ।

८५औं मिनेटमा स्पेनले फेरी अर्को पेनाल्टी पायो । योपटक भने पेनाल्टी प्रहार गर्न मरोटा आए । उनले पेनाल्टीबाट सहजै गोलगरेसँगै स्पेनले २–० गोलको अग्रता बनायो । त्यसको दुई मिनेट वित्न नपाउँदै खेलको ८७औं मिनेटमा स्पेनले अर्को गोल थप्न सफल भयो । ओयारजबलले गोल गर्दै स्पेनलाई ३–० गोलको जित दिलाए ।

त्यस्तै, अन्य खेलमा भने डेनमार्कले जर्जियालाई ५–१ ले, रोमानियाले माल्टालाई ४–० ले र पोल्यान्डले इज्रयाललाई ४–० गोलअन्तरले नै पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment