Comments Add Comment

एबी डिभिलियर्सलाई फाप डुप्लेसिसको जवाफ : निकै ढिला भयो

काठमाडौं । दक्षिण अफ्रिकाका कप्तान फाप डुप्लेसिसले सन्यास फिर्ता लिएर एकदिवसीय विश्वकप खेल्ने एबी डिभिलियर्सको प्रस्ताव निकै ढिलो आएको बताएका छन् ।

विश्वकपमा दक्षिण अफ्रिकाले लगातार हार व्यहोरिरहेका बेला टिम घोषणाको पूर्व संध्यामा डिभिलियर्सले सन्यास फिर्ता लिएर विश्वकप खेल्ने प्रस्ताव राखेको खबर बाहिरिएपछि निकै चर्चा भइरहेको छ ।

सोमबार वर्षाले बिथोलिएको वेष्ट इण्डिजविरुद्धको खेलपछि फाप डुप्लिेसिसले यसबारे बोलेका छन् । उनका अनुसार आईपीएल भइरहँदा डिभिलियर्सले फोन गरेर आफ्नो दिमागमा के चलिरहेको छ भन्ने सुनाएका थिए ।

विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा पूर्व डिभिलियर्सले फेरि कल गरेका थिए । ‘टिम घोषणा गर्ने अघिल्लो रात फोन आएको थियो’ उनले भने ।

‘मैले उनलाई भने कि निकै ढिला भयो तर म भोलि विहान प्रशिक्षक र छनोटकर्तासँग कुरा गर्छु । जब मैले कुरा गरेँ, उनीहरु पनि ढिलो भयो भन्नेमा सहमत थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment