Comments Add Comment

दुवै टिमलाई मौसमको चुनौती, बंगलादेशलाई शकिबको चिन्ता

२८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेश र श्रीलंकाबीच खेल सुरु हुन केहीबेर बाँकी छ । तर दुबै टिमलाई मौसमले चुनौती दिएको छ ।

यसअघि विश्वकपका दुई वटा खेल वर्षाको कारण रद्द भएपछि टिमले अंक बाँड्दै आएका छन् । श्रीलंका र पाकिस्तानबीचको खेल वर्षा भएपछि रद्द भएको थियो । दुबै टिमले १-१ अंक बाँडेका थिए ।

त्यस्तै दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि वर्षाको कारण रद्द भएपछि दुबै टिमले अंक बाँडेका थिए ।

आजको खेलमा पनि पानी परेर खेल रद्द भएमा श्रीलंकालाई थप घाटा लाग्ने छ । उसको यसअघि एक खेल वर्षाले विथोलिसकेको छ ।

तीन खेलमध्ये एक खेलमा जित, एक खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँडेको श्रीलंकाको तीन अंक छ ।

बंगलादेशले पनि एक खेलमा जित र दुबै खेलमा हार ब्यहोर्दै दुई अंक बनाएको छ ।

दुबै टिम जित हात पार्दै विश्वकपको अगाडिको यात्रालाई सहज बनाउन चाहन्छन् ।

बंगलादेशलाई अर्को पनि चिन्ता छ । बंगलादेशका मुख्य खेलाडी सकिब अल हसन चोटग्रष्त छन् । उनी इंग्ल्यान्डविरुद्धको खेलमा चेटग्रष्ट भएका थिए । तर उनले इंग्ल्यान्डविरुद्ध शतक प्रहार गर्दै १२१ रन बनाएका थिए । चोट भोगेका सकिब सोमबार ब्रिस्टोलमा भएको अभ्यासमा पनि सामेल भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment