Comments Add Comment

आज बंगलादेशविरुद्धको खेलपछि मालिंगा घर फर्किने

२८ जेठ, काठमाडौं । श्रीलंकाका तिब्रगतिका बलर लासिथ मालिंगा आज हुने बंगलादेश विरुद्धको खेलपछि स्वदेश फर्किने भएका छन् ।

मालिंगाको सासु आमाको निधनभएपछि स्देश फर्किन लागेका हुन् । श्रीलंका क्रिकेटले प्रेस विज्ञप्ति निकाल्दै मालिंका विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलपछि स्वदेश फर्किने उल्लेख गरेको हो ।

श्रीलंका क्रिकेटले प्रेस विज्ञप्तिमा भनेको छ, ‘मालिंगा विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलपछि स्वदेश फर्किने छन् । उनका सासु आमाको आज निधन भएको छ ।’

श्रीलंकाको अब आउने अर्को खेल १५ जुनमा अष्ट्रेलियाविरुद्ध छ । त्यो खेलका लागि भने उनी टिममा फर्किने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment