Comments Add Comment

दार्चुलाबासीले भीम रावललाई बुझाए कालापानी र लिम्पियाधुराको माटो

२८ जेठ दार्चुला । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं सुदूपश्चिम प्रदेशका ईन्चार्ज भीम रावललाई दार्चुलाबासीले कालापानी र लिम्पियाधुराको माटो बुझाएका छन् ।

आदिवासी जनजाति, खस र दलित सिल्पी संयुक्त मोर्चाका प्रतिनिधिहरुले नेता रावललाई माटोसहितको अपील पत्र बुझाएका हुन् ।

खसान राष्ट्रिय संघर्ष समिति केन्द्रीय उपाध्यक्ष रघुवीरसिँह ठगुन्नासहितले रावललाई भारतद्वारा अतिक्रमित दार्चुलाको कालापानी र लिम्पियाधुराको माटोसहितको अपील पत्र बुझाएका हुन् ।

केही दिनअघि अनुमति पत्र बनाएर भारतीय बाटो हुदै कालापानी र लिम्पिया धुराबाट माटो लिएर आएको खसान राष्ट्रिय संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीरसिँह ठगुन्नाले बताएका छन् । नेपाली भूमि रक्षाको माग गर्दै रावललाई अपील बुझाएको उनले बताउ ।

‘हाम्रो माग शासकहरुले बेचेको भु–भाग फिर्ताको माग भने हैन, बाँकी रहेको नेपाली माटोको रक्षाका लागि माग गरिरहेका छौँ’ ठगुन्नाले भने ।

तीन बुँदे अपील पत्रमा दार्चुला जिल्लाको उक्त सीमा विवाद समाधानका लागि पहल गरिदिन नेकपा नेता रावलाई आग्रह गरिएको छ । नेपाली भूमिको रक्षाका लागि भारत र चीनसहित त्रिपक्षीय सहमतिमा नयाँ सीमा रेखा निर्माणको माग गरिएको छ । त्यस्तै बाँकी रहेको नेपाली भूमिको रक्षाका लागि सीमा क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरी बल तैनाथ गर्न माग गरिएको छ ।

दार्चुला तिंकर सडक र देथला–खार–खलंगा सडक नेपाली सेनामार्फत निर्माण गर्न पनि अपीलमा माग गरिएको छ । उनले अब राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई कालापानी र लिम्पियाधुराको माटोसहितको अपील पत्र दिने कार्यक्रम रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment