Comments Add Comment

ललित मेमोरियल यू–१८ फुटबल प्रतियोगिता भोलिदेखि

२८ जेठ, काठमाडौं । ललित मेमोरियल युथ यू–१८ फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुदैछ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको उद्घाटन खेलमा भोलि न्युरोड टिम (एनआरटी) क्लबले भ्याली च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

असार ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । समूह ए मा एनआरटी, भ्याली च्यासल युथ क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लब रहेका छन् । त्यस्तै, समूह बी मा नेपाल एपीएफ क्लब, मनाङ मर्स्याङ्दी, आर्मी क्लब, फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लब रहेका छन् ।

त्यस्तै, समूह सी मा नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज क्लब, सरस्वती युथ क्लब र जावलाखेल युथ क्लब रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment