Comments Add Comment

कसले गर्यो अमिताभको ट्विटर ह्याक ?

बलिउडका चर्चित नायक अमिताभ बच्चनको ट्विटर ह्याक भएको छ । टर्कीको एक ग्रुपले उनको ट्विटर एकाउन्ट ह्याक गरेको हो । अमिताभ बच्चनको एकाउन्ट ह्याक गरेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको छ र पाकिस्तानलाई माया गर्ने लेखिएको छ ।

अमिताभ ट्विटरमा निकै नै सक्रिय छन् । ३ करोड ७० लाख भन्दा बढी फ्यान फलोअर्स भएका कारण पनि अमिताभको ट्विटर ह्याक गर्न ह्याकर लागेको अड्कल लगाइएको छ । ह्याकरले यो विश्वलाई नै चुनौती हो भनेर लेखेका छन् ।

उनीहरुले, आइसल्याण्डमा टर्कीस फुटबलरमाथि भएको व्यवहारको बदला लिन यसो गरेको उल्लेख गरेका छन् । उनीहरुले आफूहरुले सानो स्वरमा यसको विरोध गरेपनि कसैले नसुनेको समेत लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment