Comments Add Comment

चट्याङ लागेर डडेल्धुरामा बहिनीको मृत्यु, दिदी घाइते

२९ जेठ, डडेल्धुरा । चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ । परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाटको चट्याङ लागेर ज्यान गएको हो ।

बुधबार बिहान घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

संगीता भागेश्वर मावि, शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

चट्याङ लागेर सोही स्थानका अन्य तीनजना घाइते भएका छन् । ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट घाइते भएका हुन् । मीना संगीताकी दिदी हुन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment