Comments Add Comment

नासाले खोल्दैछ पर्यटकका लागि अन्तरीक्ष स्टेशन

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने भएका छन् । त्यसका लागि अन्तरीक्ष पर्यटकहरुले एक रातको ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ ।

नासका अनुसार स्पेस स्टेसनलाई पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग गरिँदैछ ।

अन्तराष्ट्रिय स्पेस स्टेसनका उप–निर्देशक रोविन ग्याटेन्सका अनुसार हरेक वर्ष कम अवधिका दुईवटा निजी अन्तरीक्ष मिसन पठाइनेछ । उक्त मिसनको खर्च निजी कम्पनीहरुले उठाउनेछन् ।

नासाका अनुसार प्राइभेट अन्तरीक्षयात्रीहरुलाई अन्तराष्ट्रिय स्पेस स्टेसनसम्म जानका लागि ३० दिनसम्मको समय लाग्नेछ । अमेरिकाको अन्तरीक्षयानबाट उनीहरुले यात्रा गर्नेछन् ।

अन्तराष्ट्रिय स्पेस स्टेशन बाहिरी अन्तरीक्षमा रहेको छ । अन्तरीक्षसँग सम्बन्धित अनुसन्धानका लागि यो स्टेसन स्थापना गरिएको हो । पृथ्वीको निकटवर्ती कक्षमा यो स्थापित रहेको छ ।

यो स्पेस स्टेसन एकखालको कृत्रिम उपग्रह हो, जहाँ मानिसहरु बस्दछन्, काम गर्दछन् र अनेक खालका परीक्षण गर्दछन् ।

नासाका मुख्य वित्तीय अधिकारी जेफ डेभिटका अनुसार नासाले व्यावसायिक अवसरका लागि स्पेस स्टेसनलाई खुल्ला गर्दैछ । र, पहिलोपटक यस्तो गर्न थालिएको हो ।

नासाका अनुसार अन्तरीक्षयानका चालकहरु को–को रहने तथा प्राइभेट अन्तरीक्षयात्रीहरुका लागि अन्तरीक्ष उडानका तालीम र स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा प्राइभेट कम्पनीहरुले नै निर्णय गर्नेछ ।

हरेक वर्ष १२ जना निजी अन्तरीक्षयात्रीहरु अन्तराष्ट्रिय स्पेस स्टेशनमा जान पाउनेछन् ।

नासाले दुई कम्पनीलाई यस कामका लागि नियुक्त गरेको छ । इलोन मस्कको स्पेस एक्स र बोइंग कम्पनी यसमा छनोट भएका छन् ।

स्पेस एक्सले आफ्नो ड्रागन क्याप्सुलको प्रयोग गर्नेछन् भने बोइंगले स्टारलाइनर नामको अन्तरीक्षयानको प्रयोग गर्नेछ । बोइंगले यो यान बनाउँदैछ ।

स्मरण रहोस् यसअघि नासाले स्पेस स्टेसनलाई कुनै पनि व्यावसायिक प्रयोगमा रोक लगाएको थियो । उसका अन्तरीक्षयात्रीहरुले कुनै पनि कम्पनीको अनुसन्धानमा भाग लिन सक्दैनथे ।

यद्यपि नासा स्पेस स्टेसनको एक्लो मालिक भने होइन । सन् १९९८ मा यो स्टेसन बनाउन सुरु भएको थियो । अमेरिका र रुस मिलेर यो स्टेसनको निर्माण गरेका थिए ।

सन् २००१ म अमेरिकी व्यवसायी डेनिस टिटो स्पेस स्टेसनमा पुग्ने पहिलो पर्यटक बनेका थिए । उनले अन्तरीक्षको दुइतर्फी यात्राका लागि रुसलाई दुई करोड डलर भुक्तान गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment