Comments Add Comment

नेकपा सांसद् भन्छन्– भू–माफिया र भ्रष्ट कर्मचारीको षड्यन्त्रमा गुठी विधेयक आयो

२९ जेठ, काठमाडौं । गुठी विधेयकविरुद्ध आन्दोलन चलिरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका काठमाडौंबाट निर्वाचित सांसदहरु पनि विधेयकविरुद्ध उभिएका छन् । काठमाडौं–९ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा नेकपाका नेता अजय क्रान्ति शाक्यले गुठी विधेयक भू–माफिया र भ्रष्ट कर्मचारीको षड्यन्त्रबाट आएको आरोप लगाए ।

गुठी विधेयकका मुख्य गरेर २३, २४ र ६० लगायतका दफाप्रति तीव्र असन्तुष्टि रहेको उनले बताए । ती बुँदा संशोधन नगर्ने हो भने लिच्छवीकालदेखिको सामाजिक, सास्कृतिक र धार्मिक परम्परालाई बोकेको गुठी प्रणाली समाप्त हुने शाक्यले बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘लिच्छवी कालमा गोष्ठीका रुपबाट सुरु भई मल्लकालबाट गुठीका रुपमा आएको गुठी प्रणाली यो विधेयक हुवहु अघि बढ्ने हो हो भने भने समाप्त हुन्छ । गुठी हाम्रो परम्परा अनुसार जन्मदेखि मृत्युसम्म आवश्यक हुन्छ । अहिलेकै विधेयक हुवहु अघि बढ्ने हो भने हाम्रो सामाजिक परम्परा, सस्कृति र धर्म नै समाप्त हुन्छ ।

विधेयकको दफा २३.१ यो ऐन प्रारम्भ हुनु अघि कायम रहेका छुट गुठी र सार्वजनिक गुठी यो ऐन प्रारम्भ भएपछि स्वतः राजगुठीमा परिणत हुनेछन् भनी उल्लेख गरिएको प्रति संकेत गर्दै डाक्टर शाक्यले उक्त दफामा संशोधन आवश्यक रहेको बताए ।

त्यसैगरी, उपदफा (१)मा राजगुठीमा परिणत हुने छुट गुठी र सार्वजनिक गुठीको चल अचल सम्पत्ति, जायजेथा, देव देवीको प्रतिमा आदिमा भइरहेको गुठीयारको हक र दायित्व प्राधिकरणमा सर्नेछ भनी उल्लेख गरेको बुँदामा पनि संशोधन आवश्यक रहेको उनले बताए ।

सांसद् शाक्यले गुठीका नाममा हुने भ्रष्टाचारको अन्त्य गर्ने खालको ऐन अहिले आवश्यक रहेको बताए । ‘तर, अहिलेको विद्येयक गुठीभित्रको भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यले भन्दा पनि भू–माफिया र भ्रष्ट कर्मचारीको षडयन्त्रमा आएको जस्तो देखिएको छ,’ उनले भने ‘यो तत्काल संशोधन गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment