Comments Add Comment

नयाँ हिरोलाई सिकाउँदा रमाउने साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘ड्रिम्स’बाट उदाएकी हुन् । यो चलचित्रमा उनले निर्वाहा गरेको भूमिकापछि उनको क्रेज बढ्यो । साम्राज्ञीलाई यो चलचित्रले स्टार बनायो, तर यसपछि उनले काम गरेका केही चलचित्रमा उनको स्टारडमले केही स्टार जन्मिए ।

नायिका साम्राज्ञी आफूलाई नयाँ नायकहरुलाई सिकाउन पाउँदा रमाइलो लाग्ने बताउँछिन् । साम्राज्ञी भन्छिन्–‘नयाँ नायकहरुसँग काम गर्दा मलाई रमाइलो लाग्छ । म उनीहरुलाई धेरै कुरा सिकाउँछु ।’ साम्राज्ञीले नयाँ नायकको रुपमा सलिनमान बनियाँ, धिरज मगर र हाल अंकित शर्मासँग काम गरिरहेकी छिन् ।

साम्राज्ञी चलचित्र ‘मारुनी’ आफ्ना लागि विशेष भएको समेत बताउँछिन् । उनले, यो चलचित्रबाट आफूले फरक स्वाद दर्शकमाझ पस्किएको बताइन् । यो चलचित्र भदौको १३ गतेबाट रिलिज हुँदैछ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment