Comments Add Comment

सामाजिक सञ्जाल प्रयोगमा कडाइ, साइबर बुलिङ दण्डनीय

उपसमितिले पास गर्‍यो सूचना प्रविधि विधेयकको प्रतिवेदन

२९ जेठ, काठमाडौं । विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन बहुमतसहित पारित गरेको छ । प्रमुख विपक्षी कांग्रेसका सांसद बहादुर सिंह लामा भने असहमति राखेका छन् ।

उपसमितिको बुधबार बसेको बैठक प्रतिवेदन तयार पारेको संयोजक बिनाकुमारी श्रेष्ठले बताइन् । ‘प्रतिवेदन तयार भएको जानकारी सभापतिलाई गराएको छौं । उहाँले बैठक राखेपछि पूर्ण समितिमा पेश गर्छौं’ उनले भनिन् ।

सामाजिक सञ्जालमा अंकुस लगाउने केही प्रावधान राखेको भन्दै सांसद लामाले भने फरकमत राखेका छन् । ‘मैले आफ्नो फरक मत राखेको छु । बुलिङ, समाजिक सञ्जालमा शेयर गरेकै आधारमा कडा दण्डसजाय गर्ने दफाहरुमा मैले आफ्नो सअहमति राखेको छु’ सांसद लामाले अनलाइनखबरसँग भने ।

प्रतिवेदनमा साइबर बुलिङ (विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहीत गर्ने, अपमान गर्ने वा हप्काउने) दण्डनीय बनाएको छ । सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुनुपर्ने, घृणा, द्वेष वा अपहेनामा उत्पन्न हुने काम कारबाही गर्न नहुने उल्लेख छ ।

उपसमितिको प्रतिवेदनले कसुरदारलाई १५ लाखसम्म जरिवाना तथा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने विधेयकको व्यवस्थालाई कायम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment