Comments Add Comment

विश्वकप क्रिकेट : टस हारेर अष्ट्रेलिया ब्याटिङ गर्दै

२९ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियाले टस हारेर ब्याटिङ थालेको छ ।

द कपर एसोसिएट्स कउन्टी मैदानमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि अष्ट्रेलियाले ब्याटिङको निम्तो पाएको हो । पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले कति रनको लक्ष्य दिन्छ ?

अष्ट्रेलियाको ब्याटिङ लाइन निकै राम्रो रहेको छ । यता, पाकिस्तान बलिङमा सत्रै अब्बल टिम हो । पाकिस्तान हार्नुको मुख्य कारण ब्याटिङ हुदै आएको छ । आजको खेलमा अष्ट्रेलियाविरुद्ध पाकिस्तानको प्रदर्शन कस्तो होला ?

सेमिफाइनलको यात्रालाई कायमै राख्न दुबै टिमलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, नाथन कउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, मोहम्मद आमिर, हसन अली, वाहब रियाज, साहिन शा अफ्रिदी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment