Comments Add Comment

टिपरको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

२९ जेठ, काठमाडाैं । टपरको ठक्करबाट सुर्खेतमा पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिन्चुतर्फ आइरहेको बा५ख १६८३ नम्बरको टिपरले बुधबार दिउँसो भेरीगङ्गा नगरपालिका-८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

लेकवेशी नगरपालिका– ७ कल्याण निवासी गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक थिए ।

नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिवसमेत रहेका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ ।

मोटरसाइकलमा सवार उनलाई ठक्कर दिएलगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment