Comments Add Comment

चट्याङ लागेर नवलपरासीमा एकको मृत्यु   

२९ जेठऽ नवलपरासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको बुधबार दिउँसो मृत्यु भएको हो ।

बुधबार दिउँसो १ः४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते  भएकी लोनियालाई उपचारका लागि सामुदायिक अस्पताल चौपत्ता लगेकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment