Comments Add Comment

भारतलाई हराउन शीर्ष ब्याट्सम्यानलाई छिट्टै आउट गर्नु पर्छ – फर्गुसन

२९ जेठ, काठमाडौं । न्युजिल्यान्डका तीव्र गतिका बलर लकिई फर्गुसनले बिहीबार भारतविरुद्धको खेलमा जित हात पार्न उसका अग्रपंतिका ब्याट्सम्यानलाई सस्तैमा आउट गर्नु पर्ने बताएका छन् ।

भारतविरुद्ध न्युजिल्यान्डले बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने लगातार तेस्रो जितको खोजिमा हुनेछ ।

भारतलाई पराजित गर्न निकै गाह्रो रहेको भन्दै न्युजिल्यान्डका तिब्रगतिका बर लकिई फर्गुसनले आफ्नो विचारहरु राखेका छन् ।

उनले भनेका छन्, ‘हामी विकेट लिने लक्ष्यमा हुन्छौं । तर यस्तो अवस्थामा रन धेरै बन्छ । म मान्छु की भारतलाई पराजित गर्नु उसको सुरुवाती ब्याट्म्यानलाई छिटै आउट गर्नु पर्छ । यदी यसो भएन भने कसिलो बलिङ गर्दै दबाब बनाउनु पर्छ ।’

जारी विश्वकप क्रिकेटमा ३ खेलबाट ८ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा फर्गुसन छन् । उनलाई विश्वास छ की बिहीबार हुने खेलमा भारतका सुरुवाती ब्याट्सम्यानलाई छिटै आउट गर्नु पर्छ । अनि मात्रै न्युजिल्यान्डले जित हात पार्न सक्छ ।

‘भारतीय टिमले उत्कृष्ट प्रदर्शन गरिहेको छ । त्यसैले त यो विश्वकपमा भारत उत्कृष्ट टिममा गनिन्छ । तर भारतको सामना गर्न हामी तयार छौं । लामो समयदेखि भारतसँग इंग्ल्यान्डमा हामीले खेलेका छैनौं’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment