Comments Add Comment

अष्ट्रेलियाले पाकिस्तानलाई दियो ३०८ रनको लक्ष्य

२९ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियाले पाकिस्तानलाई ३०८ रनको लक्ष्य दिएको छ ।

द कपर एसोसिएट्स कउन्टी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुदै ३०७ रन बनाएको हो ।

अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नर र कप्तान आरोन फिन्चले उत्कृष्ट प्रदर्शन गरेपनि अन्य खेलाडी सस्तैमा समेटिए । पहिलो विकेटका लागि वार्नर र फिन्चले १४६ रनको साझेदारी गरेका थिए । वार्नरले शतक बनाउँदै उत्कृष्ट प्रदर्शन गरे । उनले १११ बलमा ११ चौका र एक छक्काको मद्दतमा १०७ रन बनाएर आउट भए ।

त्यस्तै, कप्तान आरोन फिन्च ८२ रनमा आउट भए । कुनै बेला ३५० रन माथि रन बनाउने छाटकाँट देखिएको अष्ट्रेलिया अन्तिम समयमा आएर ३०७ रनमा खुम्चिनु पुग्यो । फिन्च र वार्नर आउट भएसँगै अष्ट्रेलियाका मिडिल अर्डरका कुनै पनि खेलाडी चल्न सकेनन् ।

ग्लेन म्याक्श्वेल २० रनमा आउट हुदा स्टेभन स्मिथ १० रनमा आउट भए । त्यस्तै, साउन मार्स २३, एलेक्स क्यारी २० र उस्मान खवाजा १८ रनमा आउट भए ।

बलिङतर्फ पाकिस्तानले उत्कृष्ट पुनरागमन गर्‍यो । पाकिस्तानका लागि मोहम्मद अमिरले ५ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment