Comments Add Comment

क्रिस गेलले क्यामेरा बोकेर भिडियो खिचेपछि…

काठमाडौं । क्रिकेटका ‘युनिभर्सल बोस’ क्रिस गेललाई सबैभन्दा सजिलो काम के होला ? तपाईँको जवाफ हुन्छ, ब्याटिङ ।

हो पनि । गेल त्यस्ता क्रिकेटर हुन्, जसको नाममा थुप्रै विश्व रेकर्डहरु छन् । उनी अहिले करियरको अन्तिम विश्वकप खेलिरहेका छन् । वेष्ट इन्डिजलाई विश्वकपको उपाधि जिताएर विदा लिने लक्ष्यमा छन् । तर उनले दुई खेल खेल्दा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सकेका छैनन् ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा गेललाई ब्याट र बलमा होइन, क्यामेरा समेत थमाइएको छ । गेलले ठूलो क्यामेराबाट भिडियो खिच्न थाल्छन् । भिडियो खिच्दै पत्रकारहरुसँग रमाइलो गरिरहेका हुन्छन् । त्यही बेला एक जना पत्रकारले प्रश्न गर्छन्, ‘तपाइर्ँलाई ब्याटिङ गर्न सजिलो लाग्यो कि क्यामेरा चलाउन ?’ गेलले हाँस्दै उत्तर दिन्छन् ‘ब्याटिङ गर्ने धेरै सजिलो ।’

त्यसपछि केही बेर आफ्ना टिमका खेलाडीहरुको भिडियो खिचेपछि क्यामेरा पर्सनलाई क्यामेरा थमाउँदै ठ्टटा गरे, ‘भोलिको खेलमा म बलिङ गर्ने छैन । मेरो काँध क्यामेरा बोकेर फ्याक्चर भयो ।’

त्यतिबेला सबैको ध्यान गेलतर्फ नै जान्छ । त्यति नै बेला गेल अर्को ठट्टा गर्छन् । नजिकै टिमले अभ्यास गरिरहेका बेल बल आयो भन्दै गेल आत्तिएर भन्छन्, ‘वाच इट वाच इट…हा.हा.हा….।’
सबै जना हाँस्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment