Comments Add Comment

जित नजिक पुगेर पनि अष्ट्रेलियासँग हार्‍यो पाकिस्तान

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्ध जित नजिक पुगिसकेको खेल पनि पाकिस्तानले ४१ रनले गुमाएको छ ।

अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो । मात्र २ रन जोड्दा पहिलो विकेट गुमाएको पाकिस्तान त्यसपछि सल्लाहिएको थियो । इमाम उलहकले मोहम्मद हाफिजसँग ८० रनको महत्वपूर्ण साझेदारी गरे ।

इमाम ५३ रनमा आउट भए ।

त्यसपछि पनि खेल पाकिस्तानको हातमै थियो । ४४ ओभरको समाप्तिमा २६३ रन बनाएको थियो । उसको हातमा तीन विकेट थियो र जितका लागि ३६ बलमा ४५ रन आवश्यक थियो ।

क्रिजमा सेट  भइसकेका ब्याट्सम्यान कप्तान सर्फराज र वाहब थिए । तर ४५ औं ओभरमा खेल एकाएक अष्ट्रेलियाको पक्षमा गयो । ओभरको दोस्रो र चौथो ओभरमा मिचेल स्टार्कले विकेट लिए ।

अर्को ओभरको चौथो बलमा सर्फराज रनआउट भएपछि पाकिस्तान जित नजिकको खेलमा पनि हार्‍यो ।

अष्ट्रेलियाका लागि पेट कुम्मिन्सले तीन र मिचेल स्टार्क तथा केन रिचार्डसनले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रन बनाएको थियो । उसको सुरुवात राम्रो रह्यो कप्तान आरोन फिन्च र डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गर्दै १४६ रनको साझेदारी गरे । तर अरु चल्न सकेनन् ।

उसका लागि वार्नरले शतक बनाए । उनले १११ बलमा ११ चौका र एक छक्काको मद्दतमा १०७ रन बनाए । कप्तान एरोन फिन्च ८२ रनमा आउट भए ।

ग्लेन म्याक्सवेल २० रनमा आउट हुँदा स्टिभ स्मिथ १० रनमा आउट भए ।

बलिङतर्फ पाकिस्तानले उत्कृष्ट पुनरागमन गर्‍यो । पाकिस्तानका लागि मोहम्मद अमिरले ५ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment