Comments Add Comment

घान्द्रुकमा उपासना

नायिका उपासना सिंह ठकुरी अहिले चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को छायांकनमा व्यस्त छिन् । रामबाबु गुरुङ निर्देशित यो चलचित्रमा दयाहाङ राई, कर्मा, रिश्मा गुरुङ लगायतका पनि मुख्य भूमिका छ । चलचित्रमा नायिका ठकुरी नायक कर्माको प्रेमिकाको भूमिकामा देखिदैछिन् । पोखरा र घान्द्रुकको लोकेशनमा उनले अभिनय गरेकी छिन् ।

नायिका उपासना सिंहले चलचित्र ‘क्याप्टेन’बाट चलचित्र क्षेत्रमा आफूलाई प्रवेश गराएकी हुन् । तर, पहिलो चलचित्रसँगै उनले लोभलाग्दो सफलता पनि पाएकी छिन् । सोही सफलताका कारण उनलाई दोश्रो चलचित्रको रुपमा ‘कबड्डी’को तेश्रो सिरिज मिलेको छ ।

नायिका ठकुरीले घान्द्रुकको रमणि लोकेशनका तस्वीर आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् । नेपालको प्राकृतिक सौन्दर्यलाई हेरेर उनी रमाएकी छिन् । दोश्रो चलचित्रले पनि करिअरमा निकै फाइदा पुग्ने विश्वास उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment