Comments Add Comment

सरकारलाई विपक्षी सांसदको चेतावनी : काठमाडौंका जनता उठेपछि थाम्न सकिन्न

३० जेठ, काठमाडाैं । नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद प्रधानले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको दाबी गरे । सरकारी विधेयकविरुद्ध काठमाण्डौमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भइरहेको भन्दै उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए ।

उनले भने, ‘काठमाडौंमा आन्दोलनको हुरी चल्दैछ, बादल गर्जिदै छ । विधेयक तुरुन्तै फिर्ता गरी सरोकारवालाहरुसँग परामर्श गरेर विधेयक संशोधन गरेन भने आन्दोलन चर्किन्छ र त्यो आन्दोलनले कहाँ पुर्याउछ भनेर भन्न सकिन्न ।’

उपत्यकाबासीको आन्दोलन कुनै पनि शक्तिले थेग्न नसक्ने भन्दै उनले समयै सचेत हुन सरकारको ध्यानाकर्षण गराए । ‘काठमाडौंका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन । हेक्का राख्नुहोस् अहिले केपी शर्मा ओलीको सरकार ढल्ने भन्ने चिन्ता होइन । संविधानप्रति नै जनताले अनास्था गर्ला भन्ने चिन्ता हो’ काठमाडौं ६ बाट निर्वाचित सांसद प्रधानले भने, ‘काठमाडौंका जनता जुरुक्क उठेपछि राजतन्त्र फालियो ।’

गुठी विधेयकमार्फत सरकारले ऐतिहासिक, पुरातात्विक महत्व, धर्म, संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment