Comments Add Comment

फोहोर फाल्ने ठाउँमा भेटियो शिशुको शव

३० जेठ, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा शिशुको शव भेटिएको छ । गएराति सांग्रिला होटल अगाडि फोहोर फाल्ने ठाउँमा अज्ञात शिशुको शव भेटिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बच्चालाई जन्म दिएर फ्याँकिएको हुनसक्ने आशंका गरे ।

उनले अनलाइनखबरसँग भने, ‘बच्चा ९ महिनाको भएको अनुमान गरिएको छ । कसले फ्यालेको हो भन्ने खुलेको छैन ।’

बोगटीका अनुसार शव फ्याक्नेको खोजीमा काठमाडौं प्रहरी परिसर, टुेकुसहित महानगरीय प्रहरी वृत्त, लैनचौरको टोली खटिएको छ ।

थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment