Comments Add Comment

काठमाडौंको न्यूनतम गाडीभाडा १७ रुपैयाँ, रात्रीकालीनमा कति ?

३० जेठ, काठमाडौं । सरकारले बिहीबार मध्यरातबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । १२ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

नयाँभाडा दरअनुसार काठमाडौं उपत्यकामा अब न्यूनतम भाडा १७ रुपैयाँ पुगेको छ । ४ किलोमिटरसम्म राउण्ड अफ हुनुपूर्व १६ रुपैयाँ ८० पैसा र राउण्ड अफ पश्चात १७ रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै १९ किलोमिटरमाथि राउण्ड अफ हुनुपूर्व १३ रुपैयाँ ४० पैसा र राउण्ड अफ पश्चात ३२ रुपैयाँ तोकिएको छ ।

यस्तै रात्रीकालिन भाडादर पनि तोकिएको छ । सबैभन्दा कम २५ रुपैयाँ छ भने सबैभन्दा धेरै ५० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment