Comments Add Comment

जगातीमा आइसर ट्रक र बसको टुएस सुविधा

३० जेठ, काठमाडौं ।  भक्तपुरको जगातीमा आइसर ट्रक र बसको टुएस अर्थात सर्भिस र स्पेयर्स सुविधा उपलब्ध हुने भएको छ ।

आइसरको नेपालका लागि आधिकारिक वितरक इस्टर्न म्यानेजमेन्ट प्रालिको सहकार्यमा आइसरका ग्राहकलाई सहयोग गर्नका लागि सो विश्व स्तरीय सुविधाको सुरुवात गरिएको हो ।

जगाती चेकपोष्ट नजिक रहेको सो सर्भिस सेन्टर बाबा डोलेश्वर महादेव मन्दिर जाने बाटोसँगै जोडिएको छ । आइसरका हेभी ड्युटी, लाइट र मिडियम ड्युटी ट्रक र बसलाई बिक्री पछिको सेवा उपलब्ध गराउनका लागि सो सर्भिस सेन्टर निर्माण गरिएको हो । यसबाट आइसरका ग्राहक र कम्पनीका बीचको सम्बन्ध थप सुमधुर हुने कम्पनीको अपेक्षा भएको बताइएको छ ।

सांसद महेश बस्नेत, मेयर बासु थापा र आइसर गाडीको उत्पादक भीई कमर्सियल भेइकल्स इन्डियाका भाइस प्रेसिडेन्ट तथा इन्टरनेसनल बिजनेस हेड एसएस गिलले संयुक्त रुपमा सो सर्भिस सेन्टरको उद्घाटन गरेका थिए ।

सो अवसरमा प्रशस्तै संख्यामा ग्राहक, लगानीकर्ता र अन्य सर्वसाधारणको उपस्थिति थियो । यससँगै आइसरको नेपालभर १५ वटा थ्रीएस अर्थात सेल्स, सर्भिस र स्पेयर्स आउटलेट पुगेको छ । यसका साथै १ सय ३० रिटेल आउटलेट समेत भएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment