Comments Add Comment

गिरिजा अधिकारीको ‘ए सरकार-२’

३० जेठ, काठमाडौ । हेटौंडेली गीतकार, साहित्यकार तथा पत्रकार गरिजा अधिकारीको ‘ए सरकार-२’को गीतको भिडियो बिहीबार सार्वजनिक भएको छ । यसअघि अधिकारीकै ‘ए सरकार’ नामक गीत चर्चित भएको थियो । गीतको सफलतालाई ध्यान दिएर अधिकारीले दोस्रो भाग पनि ल्याएका हुन् ।

भीमफेदी गाइजैको आधिकारिक यूटुब च्यानलबाट सो भिडियो सार्वजनिक भएको हो । ‘ए सरकार-२’मा सरकारमाथि विभिन्न गुनासो र ब्यंग्य कसिएको छ । शैक्षिक बेारेजगारी बढ्दै गएको र जनतामा निरासा थपिएको विषयलाई गीतमा उठान गरिएको छ ।

जनतालाई हातमुख जोड्न कठिन भएको, युवा बाध्य भएर विदेशिनु परेको, रेमिट्यान्सबाट देश चलाउनु परेको लगायतका विषयलाई गीतले समेटेको छ ।
गिरिजा अधिकारीकै शब्दमा रहेको गीत चर्चित गायक देवेन्द्र कार्कीले गाएका छन् भने विकास पाण्डेले संगीत भरेका हुन् ।

रिकेश गुरुङको एरेन्ज/मिक्सिङ रहेको गीतको म्युजिक भिडियो निर्मल लामा बिजीको निर्देशन गरेका हुन् । गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment