Comments Add Comment

रियल मड्रिड भित्रिएपछि हजार्डले भने– म सुपरस्टार होइन

३१ जेठ, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले बेल्जियमका स्टार खेलाडी इडेन हजार्डलाई आफ्नो क्लबमा भव्य स्वागत गरेको छ ।

चेल्सीबाट रियल आएका हजार्डले पाँच वर्षका लागि सम्झौता गरेका थिए । गत साता नै हजार्ड रियल आउने टुंगो लागे पनि उनी मेडिकल टेष्टमा थिए । १५० मिलियन पाउण्ड खर्चर गरेर ल्याएका हजार्डलाई आफ्नो घरेलु मैदानमा करिब ५० हजार दर्शकको अघि रियलले भव्य स्वागत गरेको हो ।

मैदानमा हजार्डले जर्सी लगाएर प्रवेश गरेका थिए । त्यस्तै, मैदानमै उनको जर्सी सार्वजनिक गरिएको थियो ।

क्लबमा अनुबन्धन भएसँगै हजार्डले रियलबाट खेल्ने आफ्नो सपना रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो बच्चैदेखिको सपना थियो कि म रियल मड्रिडबाट फुटबल खेलुँ । म सुपरस्टार त होइन तर कोशिस गर्नेछु ।’

हजार्ड अघि थप्छन्, ‘मलाई लाग्दैन कि मैले ढिलो गरे । भर्खर म २८ वर्ष पुग्दैछु । यो मेरो लागि उत्कृष्ट समय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment