Comments Add Comment

युवा लक्षित कार्यक्रम ल्याउन स्थानीय तहलाई एसएमएसमार्फत खबरदारी

३१ जेठ, वीरगञ्ज । वीरगञ्जका सचेत युवाले पर्सा जिल्लाका १४ वटै स्थानीय तहलाई खबरदारी गरेका छन् । युवा वर्गको उत्थानका लागि नीति, कार्यक्रम तथा बजेट छुट्याउन माग गर्दै उनीहरुले खबरदारी गरेका हुन् ।

शुक्रबार बिहान वीरगञ्जको घण्टाघरमा भेला भएर सचेत नागरिकको एक समूहले स्थानीय स्तरमै अवसर सिर्जना गर्न सचेत युवाले एसएमएसमार्फत दवाव दिएका हुन् ।

मोबाईल एसएमएस मार्फत स्थानीय तहका प्रमुखहरुलाई उनीहरुले ‘स्थानीय तहमा युवाहरुको लागि खोइ त अवसर ? प्रमुख ज्यू तपाईको पालिकाले यसपालिको योजनामा युवाको लागि के ल्याउदै छ त ?’ भन्ने जिज्ञासा राखेका थिए ।

जफावदेहिताका लागि युवा अभियानका संयोजक शिवनाथ यादवको नेतृत्वमा भेला भएका सचेत नागरिकले १४ वटै स्थानीय तहका प्रमुखलाई मोबाईलमा म्यासेज गरेका थिए । स्थानीय सरकार जिम्मेवार भएर आउँने हो भने युवालाई रोजगारीका लागि विदेश पलायन हुन नपर्ने उनीहरुको ठहर छ ।

स्थानीय तहका प्रमुखलाई युवाका लागि अवसरको सिर्जना गर्न दवाव दिनुको साथै जवाफदेहि र जिम्मेवार बनाउन एसएमएस गरिएको यादवले बताए ।

‘निर्वाचनमा भोट माग्नु पर्दा होस वा अन्य आन्दोलन गर्नुपर्दा राजनीतिक दलले युवालाई अगाडि सार्ने गरेका छन् । तर, अवसर आउँदा उनीहरुलाई वञ्चित गर्ने गरिन्छ । अझ स्थानीय तहका जनप्रतिनिधिले त निर्वाचन ताका घोषणा पत्र मार्फत युवाका लागि अवसर दिने वाचा पनि गरेका थिए,’ उनले भने, ‘तर अहिले उनीहरुले खासै त्यस तर्फ ध्यान दिएको पाइँदैन । उनीहरुले युवा लक्षित प्रभावकारी कार्यक्रम ल्याएका छैनन् । त्यसैले खबरदारी गरेका हौं ।’

जवाफदेहिताका लागि हाम्रो अभियानले संविधान सभाको निर्वाचनको समयदेखि नै जनप्रतिनीधिलाई जवाफदेहि र जिम्मेवार हुन दवाव दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment