Comments Add Comment

विश्व बरियतामा नेपाल ४ स्थान तल झर्‍यो

३१ जेठ, काठमाडौं । विश्व बरियतामा नेपाली फुटबल चार स्थान तल झर्दै १६५औं स्थानमा पुगेको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको विश्व र्‍याङकिङमा नेपाल चार स्थान तल झरेको हो । यसअघि नेपाल १६१औं स्थानमा थियो । नेपालले यही जुन महिनामा मलेसियासँग २-० गोलको हार ब्यहोरेको थियो भने अर्को मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेसँग १-१ गोलको बराबरी खेलेको थियो ।

यता, भारत भने १०१ औं स्थानमा यथावत रहंदा माल्दिभ्स १५१औं स्थानमा छ । त्यस्तै, बंगलादेश ५ स्थान माथि उक्लिदै १८३औं स्थानमा पुग्दा भुटान १८६औं स्थानमा छ । त्यस्तै, श्रीलंका २०१ र पाकिस्तान २०५ औं स्थानमा छ ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै रहेको छ । दोस्रो स्थानमा विश्वविजेता फ्रान्स रहँदा तेस्रो स्थानमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment