Comments Add Comment

निर्माणाधीन भवनको ढलान भत्किँदा दाङमा ३ भारतीयको मृत्यु

३२ जेठ, दाङ । दाङमा निर्माणाधीन भवनको ढलान भत्किँदा शनिबार बिहान ३ जनाको ज्यान गएको छ ।

जिल्लाको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेव साहेव रहेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए । मृतक तीनैजना भारतीय नागरिक हुन् । उनीहरु झारखण्डको भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ । दीपेनको फ्लोरेन्स अस्पताल लमहीमा उपचारपछि डिस्चार्ज गरिएको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
राससको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment