Comments Add Comment

श्रद्धा भन्छिन्–‘पलजी रोमान्टिक हुनुहुन्छ, तर फिल्ममा रोमान्सको दृश्य कम छ’

कोलकत्तामा रहेर मोडलिङ गरिरहेकी मोडल श्रद्धा क्षेत्री चलचित्र ‘हृदयभरी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी छिन् । भदौ २७ गतेलाई यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रमा आफ्नो भूमिका एकदमै राम्रो रहेको उनले सुनाइन् । यो चलचित्रमा उनी ‘मिस नेपाल’को भूमिकामा छिन् ।

नायक पल शाहको जोडीको रुपमा देखिएकी श्रद्धा उनीसँगको जोडी जम्नेमा विश्वस्त छिन् । श्रद्धाले भनिन्–‘पलजी काम गर्दा एकदमै समर्थन गर्ने, गाइड गर्ने, यसो गर उसो नगर भन्नुहुन्छ । उहाँ रोमान्टिक पनि हुनुहुन्छ । तर, चलचित्रमा हाम्रो रोमान्सको दृश्य खासै छैन ।’

कोलकत्तामा बसेर नेपाली चलचित्रमा काम गर्दा गाह्रो नहुने उनको तर्क छ । उनले, आफूलाई नेपाली चलचित्रमा काम गरौं भनेर सोच आएको धेरै नभएको बताइन् । तर, नेपाली चलचित्रमा केही योगदान गरौ भन्ने सोच रहेको उनले सुनाइन् । अनलाइनखबरसँगको कुराकानीमा श्रद्धाले आफ्नो अभिनयमा आफूलाई पूर्ण रुपमा विश्वास लागेको सुनाइन् । आफ्नो भूमिकामा शत प्रतिशत विश्वास नभएसम्म काम गर्न नसकिने उनको तर्क छ ।

‘हृदयभरी’मा आफूले काम गरेको भूमिका एकदमै च्यालेन्जिङ रहेको समेत श्रद्धा बताउँछिन् । उनले, आगामी दिनमा पनि राम्रो प्रोजेक्टमा काम गर्ने इच्छा व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment